यस सहकारी संस्थाको १८अौ स्थापना दिवस कार्यक्रम मिति २०८० फाल्गुन ३० गतेका दिन सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष श्री सुरेन्द्रकुमार पोखरेल ज्यूको अध्यक्षता तथा यस क्षेत्रका समाजसेवी श्री खड्कबहादुर बस्याल ज्यूको प्रमुख अातिथ्यतामा , कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा ७० बर्ष नाघेका ४७ जना संस्थाका धरोहरका रूपमा रहनुभएका ज्येष्ठ सदस्यलाइ सम्मान गरिनुका साथै, बिभिन्न विध्यालयबाट सर्वोत्कृष्ठ अंक प्राप्त गरेका ८ जना विध्यार्थिहरूलाइ पुरस्कृत गरिएको थियो । सहकारी संस्थाको स्थापना दिवसमा हरेक बर्ष सहकारी संस्थाको कार्यक्षेत्रभित्र रहेका सामाजिक संघसंस्थालाइ सहयोग गर्ने निति अनुरूप १८अौ स्थापना दिवसमा नेपाल रेडक्रस सोसाइटि उपशाखा उत्तरगंगालाइ संस्थागत सहयोग गरिएको थियो ।



