Skip to main content
20 Kartik 2083, Friday
Latest notice

साइबर क्राइम सचेतना सम्बन्धि तालिम सम्पन्न

यस सहकारी संस्थाको ज्येष्ठ नागरिक तथा बालहित उपसमितिको अायोजनामा मिति २०८१ चैत्र ३० गते  शनिवारका दिन सहकारी संस्थाको सभाहलमा बाल बचतकर्ताका लागि साइबर क्राइम…

यस सहकारी संस्थाको ज्येष्ठ नागरिक तथा बालहित उपसमितिको अायोजनामा मिति २०८१ चैत्र ३० गते  शनिवारका दिन सहकारी संस्थाको सभाहलमा बाल बचतकर्ताका लागि साइबर क्राइम सचेतना तालिम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षकमा  दिपक घिमिरे, जिल्ला प्रहरी कार्यालयका साइबर अपराध विभागका श्री अजय डागि र श्री सघन श्रिस ज्युहरू रहनुभएको थियो, सहकारी संस्थाका १० बर्षभन्दा माथिका ३५ जना बालबचतकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षकहरूले अाजको डिजिटल युगमा कसरी  विद्धुतिय माध्यमबाट अपराध हुन्छन, यस्ता अपराधमा हुने सजायहरू र यस्ता अपराध हुन नदिन अपनाउनु पर्ने सचेतनाका बारेमा तालिम दिनुभएको थियो ।

Chat on WhatsApp Call us now