कार्यदिशा स्पष्ट पारेको छ । रणनैतिक ब्यवसायिक योजनामा तय गरिएको परिकल्पना, ध्येय, उद्देश्य, रणनीति तथा कार्यनीति र क्रिर्याकलपाहरु अनुसूची १ (स्थिति विश्लेषण), अनुसूची २ (सरोकारवाला विश्लेषण), अनुसूची ३ (संचालक तथा लेखा समितिको विश्लेषण) आदि विषयहरुमा गरिएको विश्लेषणमा आधारित छन् । रणनैतिक ब्यवसायिक योजनामा क्रियाकलापहरुलाई त्यसको प्रकृति अनुसार सुक्ष्म रुपमा बर्गिकरण गरिएको छ । सामान्य वा नियमित र ब्यवसायिक प्रकृतिका क्रियाकलापहरुलाई छुट्टा छुट्टै अनुसूचि बनाई प्रस्तुत गरिएको छ ।
३. परिकल्पना (Vision)
व्यवसायिक क्रियाकलापका माध्यमवाट आर्थिक र सामाजिक विकास गरी समुदायमा आधारित दीगो र भरपर्दो संस्थाको रुपमा स्थापित हुने ।
४. ध्येय (Mission)
सरोकारवाला निकायहरु संग समन्वय गरी पँुजी परिचालनका माध्यमवाट कृषि, व्यापार, शिक्षा र
उद्योगको क्षेत्रमा सदस्यहरुलाई आत्म निर्भर वनाउने ।
५. उद्देश्यहरु (Objectives)
- सदस्यहरुको सामजिक, आर्थिक, शैक्षिक र शारिरीक अवस्थामा सुधार तथा विकास गर्न सक्ने
परियोजनाहरु संचालन गर्ने । - सदस्यहरुलाई आय आर्जन क्षमतामा विकास गर्नका लागि आवस्यक सहयोग र सीप सम्वन्धी
तालिम र प्रविधि उपलव्ध गराउनुका साथै सूचना र सम्पर्क सम्वनय विकास गर्ने । - उत्पादनशिल, आयमुलक तथा सीपमुलक र सामिजक व्यवहारिक उद्देश्यका लागि सदस्यहरुलाई ऋण
प्रदान गर्ने । - सदस्यहरु द्धारा उत्पादित भण्डारण गर्ने, वजारिकरण गर्ने र गूणस्तरीय दैनिक उपभोग्य वस्तुहरु
उपलव्ध गराउने ।
६. रणनैतिक व्यवासयिक योजना कार्यान्वयमा अवलम्वन गरिने रणनीतिहरु
क) बचत तथा ऋण रणनीति,
सदस्य वृद्धि सम्वन्धमा
- सदस्य र गैर सदस्य वीच अन्तरक्रिया
- संस्थाले गरेका उत्कृष्ट कार्यहरुको प्रचार प्रसार गर्ने
- सदस्यता वृद्धिका लागि कार्यक्षेत्र भित्र घरदैलो कार्यक्रम गर्ने
