यस सहकारी संस्थाको ज्येष्ठ नागरिक तथा बालहित उपसमितिको आयोजनामा मिति २०८२ बैशाख ९ गते बुधबारका दिन सहकारी संस्थाको सभाहलमा बाल बचतकर्ताका लागि वित्तिय साक्षरता तथा साइबर क्राइम सचेतना तालिम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षकमा दिपक घिमिरे, यस संस्थाका सचिव श्री उपेन्द्रकुमार सुवेदी जिल्ला प्रहरी कार्यालयका साइबर अपराध विभागका श्री श्याम प्रकाश यादव ज्युहरू रहनुभएको थियो, सहकारी संस्थाका १० बर्षभन्दा माथिका ३३ जना बालबचतकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षकहरूले आजको डिजिटल युगमा कसरी विद्धुतिय माध्यमबाट अपराध हुन्छन, यस्ता अपराधमा हुने सजाय हरू र यस्ता अपराध हुन नदिन अपनाउनु पर्ने सचेतनाका बारेमा तालिम दिनुभएको थियो ।


Admin । ९ बैशाख २०८३, बुधबार १६:२०