१९औ बार्षिक साधारणसभा सम्पन्न
यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ सुर्खेतको १९औ बार्षिक साधारणसभा सम्पन्न गरिएको छ । सहकारी संस्था अध्यक्ष श्री सुरेन्द्रकुमार पोखरेल ज्यू को अध्यक्षता तथा यस सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री रविलाल सुवेदी ज्यूको प्रमुख आतिथ्यतमा साधारण सभा कार्यक्रम भएको थियो । साधारण सभाबाट सहकारी संस्थाको चालु आ.व २०८२।८३को नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो भने संचालक श्री सुमित्रा भारती ज्यूले संचालक सदस्य पदबाट दिनुभएको राजिनामा स्विकृत गरि सो पदमा श्री सविता कुमारी योगी ज्यूलाई निर्विरोध निर्वाचित गरिएको थियो । साधारणसभा कार्यक्रम संचालक श्री सरस्वती कुमारी सिह ठकुरी ज्यूले संचालन गर्नुभएकाे थियाे ।


Admin । २६ आश्विन २०८२, आईतवार १२:१५