६१ औँ बाल दिवस सम्पन्न

यस सहकारी संस्थाको बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको आयोजनामा मिति २०८२।०५।२८ गते शनिबारको दिन सहकारी संस्थाको आफ्नै प्राङगणमा ६१ औँ बाल दिवसको अवसरमा बालबालिकामा लगानी सुनिश्चित भविषयको थालनी भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।यस कार्यक्रममा ५ वर्ष देखि १२ वर्ष सम्मका जम्मा ५२ जनाको उपस्थिति रहेको थियाे ।
सो कार्यक्रमको अध्यक्षता बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको संयोजक सरस्वती सिंह ठकुरी भारतीले गर्नु भएको थियो र प्रमुख अतिथिमा यस संस्थाको अध्यक्ष सुरेद्रकुमार पोखरेलले गर्नु भएको थियो ।
६१ औँ बाल दिवसको अवसरमा तपशिलका कार्यक्रम गरिएको थियाे।
१) बेलुन फुटाली
२) गिलास खपाई
३) कुर्सि दौड
४) चित्रकला प्रतियोगिता
तपाईको प्रतिक्रिया