यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको ज्येष्ठ नागरिक तथा बालहित उपसमितिको आयोजनामा मिति २०८२ बैशाख ६ गते शनिवारका दिन सहकारी संस्थाको सभाहलमा बाल बचतकर्ताका लागि वित्तिय साक्षरता सम्बन्धी तालिम सम्पन्न गरिएको छ । उक्त तालिममा सहकारी संस्थाका ३४ जना बाल बचतकर्ताको उपस्थिति रहेको थियो । तालिमको सहजकिरण सहजकर्ता श्री उपेन्द्रकुमार सुवेदी ज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रशिक्षकले बचतको महत्व, आम्दानी, खर्च का बारे जानकारी सिमित आम्दानीमा न्युन बचतद्वारा कसरी दिर्घकालिन बचतलाई अगाढी बढाउन सकिन्छ, स सानो परिमाणमा बचत गरेर कसरी आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने कुराहरु श्रब्य,दृश्य माध्यमबाट देखाई बुझाउनुभएको थियो । बचत गर्नका लागि धेरै आम्दानी भन्दापनि धेरै इच्छाशक्तीको आवश्यकता हुने हुदा बालबालीका ले अहिलेकै उमेरदेखी बचत गर्न सिक्नुपर्ने ब्यहोरा कार्यक्रमको समापनमा उपसमिति संयोजक श्री सरस्वति सिह ठकुरी ज्यूले राख्नुभएको थियो ।

वित्तिय साक्षरता तालिम सम्पन्न
तपाईको प्रतिक्रिया

Admin । ७ बैशाख २०८२, आईतवार ११:५९