यस सहकारी संस्थाकाे ज्येष्ठ नागरिक तथा बालहित उपसमितिकाे अायाेजनामा मिति २०८१ चैत्र ३० गते शनिवारका दिन सहकारी संस्थाकाे सभाहलमा बाल बचतकर्ताका लागि साइबर क्राइम सचेतना तालिम सम्पन्न गरिएकाे छ । उक्त कार्यक्रमकाे प्रशिक्षकमा दिपक घिमिरे, जिल्ला प्रहरी कार्यालयका साइबर अपराध विभागका श्री अजय डागि र श्री सघन श्रिस ज्युहरू रहनुभएकाे थियाे, सहकारी संस्थाका १० बर्षभन्दा माथिका ३५ जना बालबचतकर्ताकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा प्रशिक्षकहरूले अाजकाे डिजिटल युगमा कसरी विद्धुतिय माध्यमबाट अपराध हुन्छन, यस्ता अपराधमा हुने सजायहरू र यस्ता अपराध हुन नदिन अपनाउनु पर्ने सचेतनाका बारेमा तालिम दिनुभएकाे थियाे ।

साइबर क्राइम सचेतना सम्बन्धि तालिम सम्पन्न
तपाईको प्रतिक्रिया

Admin । ३० चैत्र २०८१, आईतवार ११:४८