यस सहकारी संस्थाकाे १८अाै स्थापना दिवस कार्यक्रम मिति २०८० फाल्गुन ३० गतेका दिन सम्पन्न गरिएकाे छ । संस्थाका अध्यक्ष श्री सुरेन्द्रकुमार पाेखरेल ज्यूकाे अध्यक्षता तथा यस क्षेत्रका समाजसेवी श्री खड्कबहादुर बस्याल ज्यूकाे प्रमुख अातिथ्यतामा , कार्यक्रम सम्पन्न गरिएकाे थियाे । उक्त कार्यक्रममा ७० बर्ष नाघेका ४७ जना संस्थाका धराेहरका रूपमा रहनुभएका ज्येष्ठ सदस्यलाइ सम्मान गरिनुका साथै, बिभिन्न विध्यालयबाट सर्वाेत्कृष्ठ अंक प्राप्त गरेका ८ जना विध्यार्थिहरूलाइ पुरस्कृत गरिएकाे थियाे । सहकारी संस्थाकाे स्थापना दिवसमा हरेक बर्ष सहकारी संस्थाकाे कार्यक्षेत्रभित्र रहेका सामाजिक संघसंस्थालाइ सहयाेग गर्ने निति अनुरूप १८अाै स्थापना दिवसमा नेपाल रेडक्रस साेसाइटि उपशाखा उत्तरगंगालाइ संस्थागत सहयाेग गरिएकाे थियाे ।

स्थापना दिवस कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

Admin । १ चैत्र २०८०, बिहीबार ११:४३