मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरीबी न्युनिकरणका लागि सहकारीको अपरिहार्यतालाई मनन गर्दै बिक्रम सम्वत २०६३ सालमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता भई सदस्य केन्द्रित कारोवार गर्दै आएको छ । सहकारी संस्थाले सामुहिक हितका निम्ति सामूहिक सहभागिता र सक्रियताका आधारमा साझा चौतारीका रूपमा संगठित भएर सामूहिक रूपमा आर्थिक भौतिक र सामाजिक क्रियाशीलता साथ यस संस्थालाई सामुहिक रूपमा चलायमान बनाउने उद्देश्य लिएर समुदायमा एक उत्कृष्ट सहकारी बनाउने लक्ष्यमा पाइला चाल्दै गर्दा, हालसम्म सहकारीले दुइवटा बहुउद्देश्यीय परियोजना सफलतापूर्वक संचालन गरिरहेको छ । साथै आगामी दिनमा थप बहुउद्देश्यीय परियोजना अन्र्तगत सहकारी सुपथ मुल्य पसल र सहकारी कृषि परियोजना समेत संचालन गरि स्थानिय स्तरमा रोजगारी सृजना, उद्यमशिलता विकास र युवा सशक्तिकरण कार्यमा सरोकारवाला निकायसंग सहकारी संस्था हातेमालो गर्दै अगाडी बढ्दै गैरहेकोछ । यस संस्थाको प्रगतिका निम्ति संस्थाप्रति सम्पूर्ण सदस्यको सक्रियता अझ बढ्दै जानेछ भन्ने आशा एवंमं विश्वास हामीले लिएका छौ“ ।